लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल) को विमोचन भएको छ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सो पुस्तक विमोचन गरेका हुन्। सरदार प्रितम सिंहलाई नेपालमा यातायात क्षेत्रको व्यक्तिहरुमध्ये अग्रणी मानिन्छ। सो पुस्तक नेपालको सडक र यातायातको क्षेत्रमा उनले पुर्याएको योगदान र उनको जीवनीमा आधारित छ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार सिंहको रुची यातायात, सामाजिक सेवा र शिक्षाको क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि भएको बताए। उनले आफूलाई प्रधानमन्त्री बनाउनका लागि पनि सरदार सिंहले दिल्ली र नेपालमा राजनीतिक दौडधुप गरेको पनि स्मरण गरे।
उनले भने‚ ‘यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ राजनीतिमा पनि रुची राख्नुहुन्छ। उनले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटी दिल्ली जानु पनि भयो। काठमाडौंका थोरै पार्टीहरुलाई, नेताहरुलाई पार्टीहरुसँग पनि उहाँले लगातार छलफल गर्नुभयो। उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ। म शान्ति प्रक्रियामा आएदेखि नै निरन्तर अन्तरक्रिया, सहकार्य हुने गर्यो।’ प्रधानमन्त्री दाहालले सो पुस्तकले नेपालको विकासमा सघाउन र नेपाल-भारत सम्बन्ध अझ बलियो र फराकिलो बनाउन ठूलो योगदान गर्ने विश्वास व्यक्त गरे।































प्रतिक्रिया