ललिता निवास प्रकरणमा समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल पनि पक्राउ

ललिता निवास प्रकरणमा समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल पनि पक्राउ

केन्द्रबिन्दु
0
Shares

ललिता निवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेल पनि पक्राउ परेका छन् । 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार तत्कालीन सहायक लेखापाल पौडेललाई काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरेको हो । यसै प्रकरणमा समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र रमेशकुमार पोखरेल पनि पक्राउ परिसकेका छन् । सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउन उनीहरूको भूमिका रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । 

ललिता निवास प्रकरणमा मंगलबार मात्रै सिआइबीले चार जनालाई पक्राउ गरेको थियो, जसमा भौतिक योजना मन्त्रालयका तत्कालीन सिनियर डिभिजन इन्जिनियर बालकृष्ण श्रेष्ठ, भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रप्रसाद श्रेष्ठ, तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र रहेका छन् । योसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ।

Logo