घुससहित पक्राउ परेका पर्सा जिल्लाका कम्प्युटर अपरेटर यादव दोषी ठहर

घुससहित पक्राउ परेका पर्सा जिल्लाका कम्प्युटर अपरेटर यादव दोषी ठहर

केन्द्रबिन्दु
0
Shares

घुसहित पक्राउ परेका जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर दोषी ठहर भएका छन् । घुससहित पक्राउ परेका कम्प्युटर अपरेटर सञ्जयकुमार यादवलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।

उनलाई बिशेष अदालतका न्यायाधीश यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले शुक्रबार दोषी ठहर गरेको हो ।

यादवलाई पाँच हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २०७९ साद असोज ३१ पक्राउ गरेको थियो । यादवविरुद्ध अख्तियारले अनुसन्धानपछि २०७९ साल पुस २२ गते बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गराएको थियो ।

Skip This
Skip This
Logo