आज २०८० साउन १ गते साेमबार। १७ जुलाई २०२३।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो, अ)
दैनिक कार्यमा प्रगति हुनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ।लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दिनको उत्तरार्ध सुखद् रहनेछ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। बोलीको प्रभाव बढ्नेछ।नयाँ र मङ्गल कार्यको योग छ। चिन्ता छाडेर चिन्तन गर्दा राम्रो हुन्छ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज आँटेको र ताकेको कार्य पुरा होला।मनोरञ्जनको क्षेत्रमा रुचि बढ्नेछ।विशिष्ट व्यक्तिको सहयोग पाइने र व्यापारमा पनि सफलता मिल्नेछ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला।मनमा छटपटी बढ्नाले मन कमजोर रहला,तर साँझमा कार्य सम्पादन हुनसक्छ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभ समाचार सुन्न पाइएला। नयाँ कार्यको थालनी होला।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। नयाँ कार्यको थालनी हुनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ। रमाइलो यात्राको योग रहेको छ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। धार्मिक क्षेत्रमा रुचि बढ्नेछ।आँटेको र ताकेको कार्य पुरा होला। पार्टनरसिपको कार्यमा सफलता मिल्नेछ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आर्थिक कारोबारमा विवाद आउनेछ। स्वास्थ्यमा समस्या र चोटपटकको भय छ सचेत रहनुहोला,तर आस्था र मायाँ बडेर जानेछ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
काममा अपेक्षाकृत सफलता हात पर्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।रोकिएको धन हात पर्नसक्छ र व्यापारमा पनि धनलाभ हुनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज नयाँ कार्यको थालनी हुनेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ।सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज स्वादिष्ट भोजन पाइनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।वैदेशिक क्षेत्रको काम अघि बढ्ने र कुटुम्बको सहयोग मिल्नेछ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ।सानो कुरामा चित्त दुख्ने बानीले सामाजिक जनजीवनमा अप्ठ्यारो पनि पार्न सक्नेछ।





























प्रतिक्रिया