तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० साउन १५ गते साेमबार।३१ जुलाई २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
ठीक समयमा सही निर्णय लिन सकिनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति छाउनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको काम पुरा हुन पनि सक्छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
सानातिना समस्यामा अल्झनुपर्नेछ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्ध पनि सकारात्मक नै देखिन्छ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । वाहन र भूमिबाट लाभ पनि रहला।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला र यात्रा पनि हुनेछ ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आफैँले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ र यात्रा पनि होला ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । धार्मिक कार्यमा सहभागी भइनेछ ।

Skip This
Skip This
Logo