संघीय सरकार मातहतको सघन शहरी विकास कार्यालय जुम्लाले मुगु जिल्ला सदरमुकाम गमगढी बजार जाँदा प्रयोग गर्नका लागि रेलिङ्गसहित २३० सिढीहरु निमार्ण भएका छन् ।
छायाँनाथ रारा नगरपालिका वडा नं १ मेलारुखदेखि बजारसम्म रहेको पुरानो ठाडो उकालो गोरेटो बाटोलाई सुधार गरी मानिसहरुलाई बजार पुग्न सजिलो होस् भनेर सघन शहरी विकास कार्यालयले सिढीहरु बनाएको थियो । यी सिढी निमार्ण भएपछि गमगढी बजारका दक्षिण तिर रहेका श्रीनगर,भामवाडा,चैन,बालै,घुईर,माथि घुईर, पिना, कोटिल्ला, मन्दु,जुक्यान,घट्लेख,तल्लेख गाँउका स्थानीयहरुलाई गमगढी-बालै-पिना सडकको मुलबाटोबाट बजार जान सजिलो भएको छ ।
पहिला घुमाउरो बाटो भएर बजार जाँदामुल सडकबाट १५ देखि २० मिनेटसम्म लाग्ने गर्थ्याे अब सिढीबाट जाँदा बढीमा ५ मिनेट लाग्ने गरेको स्थानीय लोकराज परिवारले बताए ।
पूरानो गोरेटो त्यो पनि भीरमा हुँदा कयौँपटक मानिसहरु लडेको र मुख्यगरी महिला,बालबालिका र जेष्ठ नागरिकहरु छोटो बाटो भएर बजार जाँदा र घर फर्कदा सोहि बाटो प्रयोग गर्ने भएकाले उनीहरु जोखिममोलेर हिँड्ने गर्दथे । तर अब सिढी र भीर तिर रेलिङ्ग बनाएकाले धेरै सहज भएको श्रीनगर गाँउका स्थानीय तथा निमार्ण उपभोक्ता समितिका अध्यक्ष जर्मकला नेपालीले बताइन् । उनका अनुसार सघन शहरी विकास कार्यालय जुम्लाको ४७लाखआर्थिक लगानीमा रेलिङ्ग सहितको सिढी बाटो निर्माण भएको छ ।
स्थानीयहरुलाई बजारमा जान मात्र नभइ खानेपानीको अभाव भैरहने गमगढी बजारका बासिन्दाहरुलाई खानेपानी ल्याउन,नुहाउन र लुगा धुन नजिकै रहेको हुलुमखोला र चैन खोलालगाय गाँउ बस्तीमा जान पनि सहज भएको स्थानीय दानसिंह परिवारले बताएका छन ।
जिल्ला सदरमुकाम अग्लो डाँडोमा रहेको र वरिपरि बस्ती भरहेकाले बजारमा जान आउन यस्ता खालका संरचना बनाउँदा छिटो छरितो र समय मै मानिसहरुका बजारजन्य काम सम्पन्न हुने गर्दछन् ।
छायाँनाथ रारा नगरपालिकाकी उपप्रमुख ऐश्वर्या मल्लले ठिनीतिरबाट,चैन तिरबाट र शसस्त्र क्याम्पतिरबाट पनि बजार प्रवेशका लागि यस्ता खालका रेलिङ्ग सहितका सिढी बनाउनआवश्यक रहेकोले सघन शहरी विकास कार्यालयसंग माग गरिने बताइन् ।































प्रतिक्रिया