सामाखुशीबाट बेपत्ता बालकको शव ११ दिनपछि दक्षिणकालीमा फेला

सामाखुशीबाट बेपत्ता बालकको शव ११ दिनपछि दक्षिणकालीमा फेला

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको शव दक्षिणकालीमा भेटिएको छ ।

काठमाडौँ महानगरपालिका -३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाउँदा ७ साउनमा १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए । उनको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली लागेको भए पनि भेटिएका थिएनन् ।

तर, आज प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बागमती नदीको किनारमा शव फेला परेको जनाएको हो । स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सामाखुशीमा बस्दै आएका मगर पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत थिए । विद्यालयबाट फर्किएपछि उनी साँझ खेल्न निस्केका थिए ।

Skip This
Skip This
Logo