लमजुङमा जुवा खालमा प्रहरी अप्रेसनः साँढे चारलाखसहित २२ जुवाडे पक्राउ

लमजुङमा जुवा खालमा प्रहरी अप्रेसनः साँढे चारलाखसहित २२ जुवाडे पक्राउ

केन्द्रबिन्दु
3
Shares

लमजुङ प्रहरीले बिहीबार साँझ जुवा खेल्ने,खेलाउने र हेर्ने गरि २२ जनालाई पक्राउ गरेकाे छ।

बेसीसहरबाट खटिएकाे प्रहरी अप्रेसन टाेलीले मर्स्याङ्दी गाउँपालिका ९, तल्लाे पामचाेक स्थित एक घरबाट जुवाडेलाई पक्राउ गरेको हाे। उनीहरूकाे साथबाट करिब साँढे ४ लाख रूपियाँसहित काैडा बरामद भएकाे प्रहरीले जनाएकाे छ।

पक्राउ पर्नेमा छिमेकी जिल्ला गाेरखाका र केही लमजुङका रहेका छन्। उनीहरूकाे पहिचान गर्न मुचुल्का उठाउने काम भइरहेकाे प्रहरीले जनाएकाे छ। विशेष सुराककाे आधारमा जुवाडे पक्रिन ३ भ्यान प्रहरी परिचालन भएकाे थियाे। जुवाडेले प्रयाेग गर्ने गरेकाे सेताे गाडीकाे प्रहरीले केही समयदेखि फलाेअप गरिरहेकाे स्राेतले बतायाे।

घटनाबारे विस्तृत विवरण प्रहरीले दिएकाे छैन। प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश श्रीमलले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याइएकाे र मुचुल्का उठाउने कार्य भइरहेकाे बताए।

Skip This
Skip This
Logo