दोलखा पहिरो अपडेटः बेपत्तामध्ये एकजनाको शव भेटियो, तीन जनाको खोजी जारी

दोलखा पहिरो अपडेटः बेपत्तामध्ये एकजनाको शव भेटियो, तीन जनाको खोजी जारी

केन्द्रबिन्दु
0
Shares

दोलखाको गौरीशंकर गाउँपालिका-८ सल्लेमा पहिरोले घर बगाउँदा बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ। 

दोलखाको गौरीशंकर गाउँपालिका- ७ र ८ को सिमानामा गएको पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये वडा नं ७ का तीन वर्षीय प्रिन्स थामीको शव फेला परेको वडा न ७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिए।

पहिरोमा पुरिएका सोही स्थानका कृष्ण मगर, उनीकी श्रीमती देव मगर र हरिलाल श्रेष्ठ भने बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको छ। घाइते तीन जनाको उद्धार गरिएको छ। 

बिहीबार राती वर्षाको कारण वडा नं ७ बाट आएको पहिरो वडा नंं ७ को बस्तीमा पसेर सो क्षति गराएको दोलखाका सूचना अधिकारी औलाख बहादुर आलेले जानकारी दिए।

पहिरोले सात घर पूर्ण रूपमा क्षति भएका छन् भने वडा नं ७ र ८ का २० घर बढी पहिरोको उच्च जोखिममा छन्। पहिरोले घट्टेखोलाको झोलुङ्गे पुलमा समेत बाढीले क्षति  पुर्‍याएको छ।  सुरक्षाकर्मी अहिलेसम्म सो स्थानमा पुग्न नसकेका छैनन्।

Logo