भारतीय नक्कली नोटसहित एकजना पक्राउ

भारतीय नक्कली नोटसहित एकजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

भारतीय नक्कली नोटसहित प्रहरीले एकजना पक्राउ गरेकाे छ।

नेपालगञ्ज उपमहानगरपालिका-४ पुष्पलाल चोकबाट २ सय रुपैयाँ दरकाे ४३ थान र ५ सय रुपैयाँ दरको ६ थान भारतीय नक्कली नोटसहित दैलेख नारायणी नगरपालिका-६ बस्ने ३८ वर्षीय दुर्गा रेग्मीलाई  प्रहरीले पक्राउ गरेको  हाे।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको जनाएकाे छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Skip This
Skip This
Logo