दोलखा पहिरो अपडेटः घाइते दुई जनालाई काठमाडौँ लगियो

दोलखा पहिरो अपडेटः घाइते दुई जनालाई काठमाडौँ लगियो

केन्द्रबिन्दु
0
Shares

दोलखाको गौरीशंकर गाउँपालिका-७ टोपाटारमा पहिरोमा पुरिएर घाइते भएका दुई जनालाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ। 

घाइते ४० वर्षीय यज्ञबहादुर थामी र उनकी ३९ वर्षीय श्रीमती धनमाया थामीलाई उपचारको लागि शुक्रबार दिउँसो काठमाडौँ लगिएको हो। उनीहरूकी बुहारी २२ वर्षीय सीता थामीको दोलखाको सिँगटी अस्पतालमा उपचार भइरहेको छ। 

सो पहिरोमा परि एक नाबालक प्रिन्स थामीको ज्यान गएको छ  भने स्थानीय ४९ वर्षीय हरिलाल श्रेष्ठ, ६० वर्षीय कृष्णबहादुर मगर र ५० वर्षीय देवीमाया मगर बेपत्ता छन्। गए राति गौरीशंकर गाउँपालिका-८ सल्लेमा गएको पहिरोले वडा नं ७ को टोपाटारमा घर पुरेको थियो।

पहिरोले घर पुर्दा सो घटना भएको हो। पहिरोमा हराएकोको खोजी जारी रहेको दोलखा प्रहरीले जनाएको छ। पहिरोका कारण दुईवटा वडाका आठ घरमा क्षति पुगेको छ भने ३२ बढी घर जोखिममा परेको छन्। जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। 

Skip This
Skip This
Logo