दोलखा पहिरो अपडेटः दुई जनाको शव भेटियो, दुई अझै बेपत्ता

दोलखा पहिरो अपडेटः दुई जनाको शव भेटियो, दुई अझै बेपत्ता

केन्द्रबिन्दु
0
Shares

दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्वुको टोपाटारमा पहिरोमा पुरिएका मध्ये दुई जनाको शव फेला परेको छ । 

पहिरोमा पुरिए बेपत्ता भएका चार मध्ये दुईको शव फेला परेको हो ।  पहिरोमा पुरिएकी ५० वर्षीइा देवीमाया मगरको शव खोजीको क्रममा शुक्रबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ । यसअघि शुक्रबार बिहान १५ महिने बालक प्रिन्स थामीको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको थियो । 

पहिरोमा पुरिएर हराइरहेका टोपाटारमा स्थानीय ४९ वर्षीय हरिलाल श्रेष्ठ र ६० वर्षीय कृष्णबहादुर मगरको अवस्था अज्ञात छ । उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ । 

पहिरोमा परी ४० वर्षीय यज्ञबहादुर थामी, उनकी श्रीमती ३९ वर्षीया धनमाया थामी र २२ वर्षीया बुहारी सिता थामी घाइते भएका छन् । घाइते दुवैलाई उपचारको लागि काठमाडौं लगिएको छ । सीताको भने सिँगटी अस्पतालमा उपचार भईरहेको छ । 

गएराति गौरीशंकर गाउँपालिका–८ सल्लेमा गएको पहिरोले वडा नं ७ को टोपाटारको बस्ती पुरेको थियो । पहिरोका कारण केही घर पुरिएका छन् भने ३२ भन्दा बढी घर जोखिममा परेका छन् । 

Logo