२४ तोला सुनसहित एक महिला पक्राउ

२४ तोला सुनसहित एक महिला पक्राउ

केन्द्रबिन्दु
0
Shares

पोखरामा एक महिला अवैध २४ तोला सुनसहित पक्राउ परेकी छन् ।

काठमाडौंबाट पोखरा आउने क्रममा पृथ्वीचोकबाट झापाको बिर्तामोड नगरपालिका–१ कि  ४५ वर्षीया कल्पना गुरुङलाई २४ तोला सुनसहित वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको हो । गुरूङले छातीमा सेतो टेपले बेरेर ब्राभित्र सुन लुकाएर राखेकी थिइन्।

स्थानीय र प्रत्यक्षदर्शीको रोहबरमा मुचुल्का उठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

Skip This
Skip This
Logo