तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० साउन २८ गते आइतबार। १३ अगस्ट २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आज रमाइलो यात्रा रहनेछ। चिताएको कामले तीव्रता लिनेछ। कुनै समाचारले मनमा शान्ति छाउनेछ। पुनर्मिलनको योग पनि रहेको छ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
शुभारम्भको चर्चा चल्ने र विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला। जोशजाँगर र हिम्मत पनि बढ्नेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। शुभकार्यको चर्चा चल्नेछ। पारिवारिक सद्भाव बढ्नेछ। आँटेको र ताकेको कार्य पुरा होला।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ। आफन्तको प्रगतिले मन रमाउनेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज नयाँ कार्यको योजना बन्नेछ। नजिकको व्यक्तिबाट सहयोग पाइएला। सरकारी निकायबाट सहयोग मिल्नेछ। सफल यात्रा हुनेछन्।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। शुभकार्यको चर्चा चल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
धार्मिक तथा परम्परागत काममा रुचि बढ्नेछ। मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज अनावश्यक तथा सौन्दर्यतामा धन खर्च हुनेछ। सानातिना समस्यामा अल्झिनु पर्नेछ,तर आफन्तबाट साथ र हौसला मिल्नेछ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज चलाखीपूर्ण बोलीले काम बन्न सक्छ।आफन्तबाट साथ, सहयोग र आश्वासन मिल्नेछ। सामाजिक काममा सफलता पनि पाइनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेमीको सहयोग पनि मिल्नेछ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आजको दिन मध्यम खालको छ। जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ,तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। सामान हराउने वा चोरी हुने भय छ। आफैंलाई सन्तुष्टि नमिल्ने देखिन्छ।

Skip This
Skip This
Logo