काठमाडौं र पोखराबाट जुवातास खेलिरहेका १० जना पक्राउ

काठमाडौं र पोखराबाट जुवातास खेलिरहेका १० जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

कीर्तिपुर नगरपालिका-३ देवढोकास्थित सार्वजनिक स्थल (पाटी)मा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६९ वर्षीय रामशरण महर्जन समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ६ सय ५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । 

कास्कीको पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित स्याङ्जा होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय देवी प्रसाद सिलवाल समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।  

Logo