विद्युतलाइन तान्ने क्रममा स्थानीयवासीको मृत्यु भएपछि सडक बन्द

विद्युतलाइन तान्ने क्रममा स्थानीयवासीको मृत्यु भएपछि सडक बन्द

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय विद्युत लाइन तान्ने क्रममा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि कर्णाली राजमार्गका नाग्म गमगढी सडकअन्तर्गत सिंजा सडक खण्ड बन्द छ । उपचारको क्रममा स्थानीयको मृत्यु भएपछि सिंजा सडक खण्डको खाडापानीमा मंगलबारदेखि स्थानीयले सडक  बन्द गरेका हुन् । 

साउन १४ गते कनकासुन्दरी– २ मालिकावोता देउतीमाडुमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन तान्ने क्रममा सडकमा रहेको तार ट्रकमा बेरिएर झट्का दिँदा स्थानीय कर्णबहादुर रावत (४१ वर्ष)को मृत्यु भएको थियो ।

पोलमातार तान्ने क्रममा ना ५ ख १८८४ नम्बरको मालवाहक ट्रकले सडकमा फिजिएको लाइन नहेरी जबरजस्ती मनपरी ढ्ङ्गले गाडी हाँक्दा दुर्घटना भएको कनकासुन्दरी गाउँपालिकाका वडा नम्बर २का समाजसेवी रतनबहादुर रावतले जानकारी दिए।

ट्रकले विद्युतको पोल ढलाइ मृतक कर्णबहादुर रावतलाई सख्त घाइते बनाएको थियो । घाइतेलाई उपचारको लागिप्लेन चाटर्ड गरेर भारतको लखनउ पुर्याएको थियो । उपचारको क्रममा रावतको मृत्यू भएको थियो ।

मृतक रावतको पुत्रीसहित बालबच्चाको शिक्षा र स्वास्थ्यका लागि ट्रक धनी, ट्रक व्यावसायिक समिति र राष्ट्रिय विद्युत प्राधिकरण अन्तर्गतको दावासिंह जेभीसँग पीडित पक्षसँग छलफल गर्दा कुनै पनिमाग सुनुवाइ नभएपछि स्थानीयले सडक बन्द गरेका हुन् ।

पीडित पक्षले नाग्म गमगढी सडक खण्डको बोताको खाडापानीमा सडक बन्दगरेको र माग पूरा नभएसम्म अनिश्चितका लागि यातायात बन्द गर्ने स्थानीय सविन रावतले जानकारी दिए । 

पीडित पक्षले मृतक कर्णबहादुर रावतका आफन्तलाई क्षतिपूर्ति दिनुपर्ने, मृतकका बालबच्चाको शिक्षा स्वस्थ्य र गाँस बाँसको सुनिश्चितता गर्न र दोषीलाई तत्काल कानूनी कारबाही गर्न माग गर्दै सडक बन्द गरेका हुन् । 

अहिलेसम्म ट्रक धनी, ट्रक व्यवसायिक समिति र राष्ट्रिय विद्युत प्राधिकरण अन्तर्गतको दावासिंह जेभी कम्पनीले कुनै पनि सुनुवाई नगरेको स्थानीयको गुनासो छ । सडक बन्द हुँदा मुगुको सदरमुकाम गमगढी आउने खाद्यान्न,मालवाहक गाडी र यात्रुगाडीहरु रोकिँदा सयौं यात्रुहरु अलपत्र परेका छन् । 

Skip This
Skip This
Logo