बलात्कारको आरोपमा बर्दियामा ५३ वर्षिया पुरूष पक्राउ

बलात्कारको आरोपमा बर्दियामा ५३ वर्षिया पुरूष पक्राउ

केन्द्रबिन्दु
0
Shares

बलात्कारको आरोपमा ५३ बर्षिया पुरूषलाइ पक्राउ गरिएको छ। मधुवन नगरपालिका- १ बहादुरपुरका ५३ वर्षीय कर्णबहादुर विश्वकर्मा पक्राउ गरिएको हो।

सुष्त मनिस्थीतिकी २४ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई जबर्जस्ती करणी गरे पछि उजुरी आएपछि बर्दिया प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान प्रकिया अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तथा सूचना अधिकारी हिक्कतबहादुर बोहोराका अनुसार उनलाई इलाका प्रहरी कार्यालय ढोढरीले शनिबार दिउँसो पक्राउ गरेर अहिले हिरासतमा राखेको छ। उनीमाथि अनुसन्धान जारी छ।

Skip This
Skip This
Logo