काठमाडौँ महानगरपालिकाले सडक व्यापारी, ठेला, गाडामा सामान बेच्नेहरूलाई अमानवीय व्यवहार गरेर दमन गरेको भन्दै प्रदर्शन भएको छ। महानगरका मेयर बालेन शाहको कार्यालय रहेको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह अघि आइतबार प्रदर्शन भएको हो।
प्रदर्शनमा सहभागीहरूले ‘गरी खान देऊ, गरिब होइन गरिबी हटाऊ, ललितपुरमा व्यवस्थापन गर्न सकिन्छ भने काठमाडौँमा किन सकिन्न’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए।































प्रतिक्रिया