बझाङ पहिरोमा बेपत्ता ३ जनाको शव फेला

बझाङ पहिरोमा बेपत्ता ३ जनाको शव फेला

केन्द्रबिन्दु
0
Shares

बझाङ।

बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकाको एक बस्ती पहिरोले बगाउँदा बेपत्ता भएका ७ जना मध्ये ३ जनाको शव फेला परेको छ । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

हालसम्म ११ वर्षकी सुन्ता जेठारा, ७ वर्षकी अस्मीता जेठारा र ११ वर्षका प्रयागराज जेठाराको शव भेटिएको छ । बेपत्ता भएका अन्यमा ४४ वर्षकी रामदेवी जेठारा, ८० वर्षका दले जेठारा, २० वर्षका जिरजा जेठारा र ७ वर्षकी शान्ता जेठारा रहेका छन् ।

गएराति अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले सो गाउँपालिका वडा ८ स्थित मल्लेसका १७ घर बगाएको थियो।

पहिरोको सूचना पाएसँगै उद्धारका लागि बिहान घटनास्थल पुगेको प्रहरी र स्थानियवासीको सहयोगमा अहिले उद्धार भइरहेको छ ।

Logo