करेत सर्पले टोकेर हल्दिबारीमा एक महिलाको मृत्यु

करेत सर्पले टोकेर हल्दिबारीमा एक महिलाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

झापाको हल्दिबारीमा विषालु सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ निवासी ४५ वर्षीया जितेन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताए । 

उनका अनुसार राजवंशीलाई शनिबार दिउँसो घरमै करेत सर्पले टोकेको थियो । सर्पले टोकेर गम्भीर घाइते भएकी राजवंशीलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याए लगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

Logo