नारायणी नदीमा माछा मार्न गएका एक युवकको मृत्यु

नारायणी नदीमा माछा मार्न गएका एक युवकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

नारायणी नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीस्थित नारायणी नदीमा माछा मार्न गएका देवचुली नगरपालिका–११ का २० वर्षीय मङ्गलसिंह पुलामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
  
शनिबार दिउँसो माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका पुलामीको आज शव फेला परेको तिवारीले बताए । 

घटनास्थलबाट शव निकालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको प्रहरी उपरीक्षक तिवारीले बताए । साथीसँग माछा मार्न गएका पुलामी बेपत्ता भएपछि हात्तीसमेत परिचालन गरी खोजी गरिएको थियो ।

“पुलामीसँगै डुबेका अर्का एक युवकको तत्कालै स्थानीय माझीले उद्धार गरेका थिए”, उनले भने, “स्थानीयवासीको सहयोगमा पुलामीको शव फेला पारिएको हो ।”

लोकाह खोला र नारायणीको दोभानमा माछा मार्न नदीमा जाल फाल्दा लतारिएर रहमा डुबेको प्रत्यक्षदर्शीले बताएका छन् । 

Skip This
Skip This
Logo