आज २०८० भदौ ५ श्रावण शुक्ल पक्षको षष्ठी तिथि। मंगलबार भगवान हनुमानको पुज गरे विशेष आशिर्वाद मिल्नेछ। दैनिक राशिफल मार्फत १२ वटा राशिको बारेमा जान्नुहोस्।
मेष राशि
जागिरमा आज तनाव रहनेछ । संयम रहेर काम गर्नुहाेला, शान्त दिमागमा रहँदा फाइदा हुनेछ। ब्यर्थको विवादबाट बच्नुहाेला । उच्च शिक्षाको लागि विदेश जाने अवसर मिल्नेछ।
शुभ अंक -६
शुभ रङ – सेतो
बृष राशि
आजको दिन तपाईंको मन प्रशन्न रहने छ, आत्मविस्वास बढ्नेछ। जागिरमा प्रमोशनको सम्भावना छ। आमा तथा छोराछोरीको स्वास्थयमा ख्याल राख्नुहाेला। बहान मर्मतमा खर्च बढ्नेछ।
शुभ अंक -९
शुभ रङ – स्लेटी
मिथुन राशि
मनमा उतारचढाब आउनेछ । आत्मविश्वासमा कमि आउने छ। सरकारबाट सहयोग पाउने योग छ । परिवारमा शान्ति बनाउने प्रयास गर्नुहाेला। काममा दौडधुप बढि रहने छ । कृषि क्षेत्रमा सफलता मिल्ने छ।
शुभ अंक -७
शुभ रङ -केशरी
कर्कट राशि
आजको दिन सुखदले बित्ने छ। केही राम्रो समाचार सुन्न पाइनेछ, जसका कारण परिवारमा सबैको अनुहारमा खुशी हुनेछ। नयाँ स्रोतबाट धन आर्जन हुनेछ । प्रेम सम्बन्धमा झुकाव बढ्नेछ । स्वास्थ्यको हिसाबले तपाईं फिट रहनुहुनेछ। अचानक दिमागमा यस्तो विचार आउनेछ, जसले तपाईंको प्रगतिको बाटो खोल्नेछ।
शुभ अंक -५
शुभ रङ -निलो
सिंह राशि
तपाईंको दिन सामान्य रहनेछ। शत्रुहरूले गोप्य रूपमा हानि गर्ने प्रयास गर्नेछन् तर सफल हुन सक्ने छैनन्। सबैसँगको राम्रो स्वभावले समाजमा इज्जत बढ्नेछ। केहि विशेष कार्यहरूमा अड्चन आउन सक्छ । व्यापारमा उतारचढावको स्थिति आउन सक्छ। कुनै पनि काम गर्नुअघि ठुलाबडाको सल्लाह लिदा फाइदा हुनेछ।
शुभ अंक -६
शुभ रङ – पहेलो
कन्या राशि
तपाईंको दिन राम्रो हुनेछ। अविवाहित हुनुहुन्छ र राम्रो जीवन साथीको खोजीमा हुनुहुन्छ भने आज कसैसँग कुराकानी सुरु गर्ने प्रबल सम्भावना रहेको छ। जुन काम गर्न चाहनुहुन्छ, त्यो काम सजिलै पूरा गर्न सकिन्छ। कुनै कामको योजना बनाउन सकिनेछ । अरूको अगाडि कुरा गर्द खुलेर कुरा राख्न सक्नुहुनेछ ।
शुभ अंक -३
शुभ रङ – गुलाबी
तुला राशि
आजको दिन मध्यम रहने छ, यदि तपाईंले नयाँ कम्पनीमा काम गर्न थाल्नुभएको छ भने आजको दिन तपाईंको लागि राम्रो छ। जागिरमा परिवर्तनको सम्भावना छ। काममा हौसला र सहकर्मीको पूर्ण सहयोग मिल्नेछ। घरको वातावरण पनि राम्रो रहनेछ। आपसी प्रेम भेटिनेछ। वैवाहिक जीवनमा शंका उत्पन्न हुन सक्छ, सावधान रहनुहोला।
शुभ अंक -१
शुभ रङ – खैरो
वृश्चिक राशि
आज तपाईंले आफ्नो मेहनतको फल पाउनुहुनेछ। राजनीतिमा प्रगति हुनेछ र व्यापारमा पनि लाभ हुनेछ। विद्यार्थीका लागि पनि आजको दिन शुभ रहेको छ । आफ्नो घरमा आफूलाई बढी स्मार्ट देखाउने प्रयास गर्नु हानिकारक हुनेछ। परिवारका सदस्यहरूको समर्थन प्राप्त गर्न, उनीहरूसँग मायाले कुरा गर्नुहोला। आजको दिन वैवाहिक जीवनको लागि राम्रो रहनेछ।
शुभ अंक -८
शुभ रङ – खरानी
धनु राशि
आज तपाईंका लागि अलिकति तनावपूर्ण रहनेछ। कुनै कुरा वा सन्तानको स्वास्थ्यको बारेमा चिन्तित रहनेछ।विवाहितहरुको दैनिकी सामान्य रहनेछ । जीवन साथीको सहयोग मिल्नेछ । प्रेम जीवन जिउने व्यक्तिहरुको मनमा केही गलतफेहमीका कारण प्रेमीसँग झगडा हुनसक्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला । घरमा धार्मिक अनुष्ठान हुने संकेत देखिन्छ ।
शुभ अंक -६
शुभ रङ – कलेजि
मकर राशि
शरीरमा शिथिलता रहनेछ । दिनमा आलस्य रहनेछ तर दिउँसो केही कामको लागि बाहिर जानुपर्ने छ । ब्यापारमा सफलता मिल्नेछ। आज विवाहितहरुको घरायसी जीवन पनि राम्रो रहनेछ। पूरा ध्यान आफ्नो जीवनसाथीको खुशीमा रहनेछ, त्यसैले आज तपाईंले तिनीहरूलाई धेरै खुशी दिनुहुनेछ। प्रेममा परेका व्यक्तिहरूले पनि यस दिन आफ्नो मनको भावना व्यक्त गर्दै आफ्नो प्रेमलाई खुलेर स्वीकार गर्नेछन्। भाग्यले पनि साथ दिनेछ।
शुभ अंक -७
शुभ रङ – आकाशे
कुम्भ राशि
आजको दिन तपाईंको लागि मध्यम फलदायी रहनेछ। मानसिक तनावले सताउन सक्छ । कुनै कुराको बारेमा थोरै दुखी हुन सक्नुहुन्छ। हल्का ज्वरो पनि आउन सक्छ। स्वास्थ्यमा ख्याल गर्नु आवश्यक हुनेछ । लामो यात्राको योजना बन्न सक्छ। कामको सन्दर्भमा दिन मध्यम रहनेछ। पारिवारिक सहयोग मिल्नेछ ।
शुभ अंक -४
शुभ रङ – सुन्तला रङ
मिन राशि
तपाईंको आफन्तसँग झगडा हुन सक्छ । घरपरिवारमा यस विषयमा बहस हुनसक्छ तर संयमित भएर काम गर्नुहाेला। सन्तानको मनमा विशेष माया बढ्नेछ । प्रेम जीवन बिताउने व्यक्तिहरूको लागि निर्माण रोमान्टिक हुनेछ। जीवनसाथी अलिकति आक्रामक भए पनि सम्बन्धमा प्रेम कायम रहनेछ । कामको सिलसिलामा मिहिनेतको फल मिल्नेछ, तर पनि प्रगतिबाट खासै सन्तुष्ट देखिने छैन।
शुभ अंक -२
शुभ रङ- हरियो





























प्रतिक्रिया