मर्स्याङ्दीका १ सय ३८ जना बेरोजगारले पाए रोजगार

मर्स्याङ्दीका १ सय ३८ जना बेरोजगारले पाए रोजगार

केन्द्रबिन्दु
0
Shares

लमजुङको मर्स्याङ्दी गाउँपालिकाका १ सय ३८ जनाले रोजगारी पाएका छन्। गत आर्थिक बर्ष २०७९/८० मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत  बेरोजगार सूचिमा दर्ता भएकामध्ये पालिका भित्रका १ सय ३८ जनाले रोजगारी पाएका हुन्।

गत आर्थिक बर्ष २०७९/०८० मा गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत ३२ वटा पूर्वाधार विकास, सिढी निर्माण लगायतका योजनाहरु रहेको गाउँपालिकाका रोजगार संयोजक नन्दराज गुरुङले बताए। 

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गत आर्थिक बर्ष २०७९/८० मा ८२ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन भएको पालिकाले जनाएको छ। पालिमा सुचिकृत बेरोजगारका संख्या १ हजार ५ सय १३ जना रहेका छन्। 

Skip This
Skip This
Logo