भरतपुरमा आज विद्युत सेवा अवरुद्ध हुने

भरतपुरमा आज विद्युत सेवा अवरुद्ध हुने

केन्द्रबिन्दु
0
Shares

भरतपुरका केही स्थानमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ।

भरतपुर-माडी-ठोरी हुलाकी सडक अन्तरगत भरतपुरको विकाशचोकदेखि सिताराम चोकसम्म विद्युत पोल सार्न लागिएको हुँदा त्यस क्षेत्रमा भोलि दिनभर विद्युत सेवा अवरुद्ध हुन लागेको हो।

विद्युत दिउँसो १० देखि ५ बजेसम्म अवरुद्ध हुने भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए।११ केभि भृकुटी फिडरको क्यान्सर अस्पतालदेखि दक्षित तर्फ विद्युत सेवा अनियमिता हुने पौडेलले बताए।

हाकिम चोकदेखि गितानगर क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ। सडकको मापदण्डमा पर्ने पोल सार्न लागिएको हो। यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण क्षमाप्रार्थी रहेको उनले बताए।

Skip This
Skip This
Logo