बागमतीको बाढीले बगाएको अवस्थामा एक महिलाको शव फेला परेको छ । शुक्रबार साँझ फेला परेको सो शवको अहिलेसम्म पहिचान खुलेको छैन ।
गढीमाइ नगरपालिका–१ स्थित बागमती नदीमा अन्दाजी ५५ वर्षीया महिलाको शव पानीमा डुबिरहेको अवस्थामा फेला परेपछि पोष्टमार्टमका लागि गौर अस्पताललाई लगिएको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार मंगोलियन अनुहार भएकी महिलाको शव बागमती पुल नजिकैको झाडीमा फेला परेको हो । मृतकको पहिचानको लागि सूचना जारी गरिएको छ ।































प्रतिक्रिया