नागरिक आन्दोलन सडकमाः भ्रष्टाचारीलाई उन्मुक्ति नदिन दबाब दिइरहने उद्घोष

नागरिक आन्दोलन सडकमाः भ्रष्टाचारीलाई उन्मुक्ति नदिन दबाब दिइरहने उद्घोष

केन्द्रबिन्दु
0
Shares

भ्रष्टाचार र अपराधविरुद्धको अनुसन्धान प्रभावकारी नभएको भन्दै बृहत नागरिक आन्दोलनले विरोध प्रदर्शन गरेको छ । 

शनिबार काठमाडौंको भद्रकालीमा उनीहरुले भ्रष्टाचार विरुद्ध खबरदारी आन्दोलन गरेका हुन् । प्रदर्शनमा ‘भ्रष्टाचारविरुद्धमा नबोल्नु पनि भ्रष्टाचार हो, गाउँमा स्याल पसे, कुखुरो हराउँछ, संसदमा भ्रष्टाचारी पसे सुन हराउँछ, सिंहदरवारमा सुन छ, पेट मेरो भोकै छ’ जस्ता नारा लगाइएको थियो । 

प्रदर्शनमा सहभागी विष्णु बास्तोलाले केही व्यक्तिहरुलाई हिरासतमा राखेर बयान लिने तर केही व्यक्तिलाई घरमै गएर बयान लिएर चोख्याउने काम भएको महसुस भएको बताए । यस्तो अवस्था देखेपछि नागरिक जाग्नु पर्छ भनेर आवाज उठाएको उनको भनाइ थियो । 

उनले भने, ‘अहिलेको सन्दर्भमा कुरा गर्दा सुन प्रकरणदेखि बालुवाटारको जग्गा प्रकरण र भुटानी शरणार्थी प्रकरणसम्मको अनुसन्धान चलिरहेको छ । यसक्रममा केही शीर्ष नेताहरुको आत्म व्यवस्थाले काम अगाडि बढेको होकी भन्ने कुरा महसुस नागरिक आन्दोलनले गरेको छ । कृष्णबहादुर महराको नाम पटकपटक जोडिए पनि उहाँलाई अनुसन्धानका लागि समेत बोलाउने प्रयास भएको छैन । यसरी तीन दलका नेताहरु बसेर शीर्ष नेताहरुलाई उम्काउने र यो प्रकरणलाई फितलो बनाउने गृहकार्य भईरहेको जस्तो पनि देखिएको छ ।’ 

यस्तै, अर्का अभियान्ता एवं बुद्धिजीवी खगेन्द्र संग्रौलाले भ्रष्टाचार र अन्याय गरेर जीवन विताउनुभन्दा सडकमै जीवन विताउनु राम्रो भएको बताए । यो देश भ्रष्टाचारको चाङ्माथि उभिएको चर्चा गर्दै उनले राज्य सञ्चालकका निर्णायकहरुले सानालाई ऐन, ठूलालाई चैनको प्रक्रियाको निमार्ण गरेको आरोप लगाए । 

उनले भने ‘सर्वोच्च आदालतले पक्राउ पूर्जी जारी गरेका पूर्वमन्त्रीहरुलाई पक्राउ गरिएको छैन किन ? जसको नाममा पूर्जी जारी गरेको छ, उनीहरुलाई छानविनको दायरामा ल्याएको छैन् । यो देश भ्रष्टाचारमा डुबेको छ । यो व्यवस्था कुशासनको लागि नामी भयो, भ्रष्टाचारका लागि नामी भयो, त्यसको कारणले व्यवस्था बद्नाम भयो त्यसको लागि हामी गम्भीर भएर सडकमा आउँनु पर्छ ।’ 

देशको कुनै पनि संस्था भ्रष्टाचारमुक्त नभएको उल्लेख गर्दै संग्रौलाले सबैको फाईल पल्टाउने र कारवाही गर्ने हो भने जेलमा ठाउँ नपुग्ने बताए । उनले कारवाहीमा परेकाहरुलाई टुँडिखेलमा काडेँ तार बेरेर भेडा बाख्रा जसरी राख्नु पर्ने अवस्था आउने पनि प्रष्ट पारे । 

Skip This
Skip This
Logo