तपाईंको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाईंको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० भदौ १२ गते मंगलबार। २९ अगस्ट २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

विशिष्ट व्यक्तिको साथ पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग पनि छ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज आफन्तजन सँग मनमुटाब बढ्नेछ सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला । विद्यामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज स्वादिष्ट भोजन पाइनेछ । मनोरञ्जनमा सहभागिता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । अध्ययन अध्यापन सफल रहेको छ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
नाराम्रो अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोबारमा विवाद आउनेछ । खानपिनमा सचेत रहनुहोला ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पनि पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने हुनाले सार्वजनिक पद पाउने योग रहेको छ । भौतिक सुख पनि मिल्नेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
सानातिना समस्यामा अल्झनुपर्नेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा पाहुनाको आगमन हुने पनि छ ।

Skip This
Skip This
Logo