गौ हत्याविरुद्ध माईतिघरमा विद्यार्थीहरूको प्रदर्शन

गौ हत्याविरुद्ध माईतिघरमा विद्यार्थीहरूको प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

कानुनका विद्यार्थीहरूले राष्ट्रिय जनावर गाई मार्नेलाई कारबाहीको माग राख्दै काठमाडौंमा प्रर्दशन गरेका छन् । मंगलबार गाई मार्न पाईदैन, कानूनको पालना गरलगायतका नारासहित काठमाडौंको माईतिघरमा विरोध प्रर्दशन गरेका हुन् ।

उक्त प्रदर्शनमा सहभागि विद्यार्थी शुसान्त आचार्यले गाई मारेर खाने कार्य भईरहेको वेला सरकार टुलुटुलु हेरेर मात्र बसेको आरोप लगाए । ‘गाईको हत्या भएको सरकार हेरेरमात्र बसिरहेको छ । सरकारलाई कानून पढाउने हिसावले हामी यहाँ आएका हौं ।’ 

उनले गाई मार्नेलाई कानून बमोजिम कारबाही गर्नुपर्ने बताएका छन् । गाईजस्तो राष्ट्रिय जनावरलाई मारेर पाप गरेको त्यस्तो व्यक्तिलाई सरकारले केही नगरे आफूहरुले नछोड्ने उनीहरुको भनाई छ । 

 

Skip This
Skip This
Logo