हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ।
जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ। यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने,गेग्रान बहाव, बाढी, पहिरो,भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य,कृषि,दैनिक जनजीवन,सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया