पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ।
सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको जिपमाथि पहिरोसँगै ढुंगा खसे पछि भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो। सो घटनामा परी पाँच जना घाइते भएका छन्।
रिब्दीकोट गाउँपालिका–२ मा रहेको सो सडक मर्मत तथा विस्तार गर्ने कार्य भइरहेको थियो, साेही सडक खण्डमा माथिबाट झरेकाे ढुंगा जीपमा लागेकाे थियाे। घाइते पाँचजनाको पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।





























प्रतिक्रिया