तपाईंको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाईंको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० भदौ १४ गते बिहीबार। ३१ अगस्ट २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आज आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। जोशजाँगर र हिम्मत बढ्नेछ। अरुको मन जित्न पनि सकिनेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। शेयर बजार अथवा पुँजी बजारको लगानीले राम्रो लाभ दिनेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। गरेको कार्यबाट लाभ र सफलता पाइनेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
निर्णय कार्यान्वयन हुन सक्दैनन्। आफ्नो विचार विपरित निर्णय हुनेछ। नजिकका व्यक्तिबाट काममा बाधा आउला। आत्मबलमा कमी आउनेछ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आँटेको र ताकेको कार्य पुरा होला। पारिवारिक सद्भाव बढ्नेछ। व्यापार व्यवसायमा औसत लाभ हुनेछ। वैदेशिक क्षेत्रको कार्य सफल हुनेछ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ। एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ। कार्य क्षेत्रमा प्रगति हुनेछ। चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ। बाहन सुख पनि मिल्नेछ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज आँटेको काममा ढिलासुस्ती हुनसक्छ। दाम्पत्य जीवनमा एक किसिमको निरासता पनि आउन सक्छ, तर साँझमा मन प्रसन्न रहनेछ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
समाज सेवा गरे लोकमा प्रसिद्ध भइनेछ। स्वास्थ्यमा सुधार आउला। आफन्त सँगको सम्बन्ध पनि गाढा र सुमधुर रहनेछ। तीर्थाटनको योग पनि छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज सोचेको आँटेको काममा फाइदा मिल्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। मनोरञ्जनमा सहभागिता भइएला।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज स्वास्थ्यमा सुधार आउनेछ। अचल सम्पत्ति हात पर्ने योग छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापार, व्यवसायमा लाभ हुनेछ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आजको दिन माध्यम खालको नै रहनेछ। अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ। व्यवसायमा नोक्सानी हुन सक्छ,तर सफल यात्राको योग छ।

Skip This
Skip This
Logo