युवा पुस्तालाई सिकाउन लम्जुङमा एक महिनादेखी लाखे नाच

युवा पुस्तालाई सिकाउन लम्जुङमा एक महिनादेखी लाखे नाच

केन्द्रबिन्दु
0
Shares

लमजुङको सदरमुकाम बेसीशहरमा विगत १ महिना अघिदेखि नयाँ पुस्तालाई आफ्नो संस्कृती हस्तान्तरण गर्न बेसीसहरका नेवार समुदायले हरेक दिन लाखे नाच निकाल्ने गरेका छ्न्।

लाखे नाँच नागपञ्चमीबाट सुरु गरिने भएपनि युवा पुस्तालाई सिकाउनको लागि एक महिना भन्दा अघिदेखि नै नाच सुरु गरिएको लमजुङ नेवा खलका अध्यक्ष बालचन्द्र श्रेष्ठले बताए।

नेवार समुदायको पुरानो कला संस्कृतिको संरक्षण र पुस्तान्तरणका लागि पाका पुस्ताबाट नयाँ पुस्तामा तालिम मार्फत हस्तान्तरण गर्दै युवाहरु मिलेर बजारमा लाखे नाच देखाइएको नेवा खलका सचिव विमल श्रेष्ठले बताए।  बेसीशहरको भिमसेन स्थान चोकमा हरेक दिन साँझ निकालिने लाखे नाँच नाच्दै बेसीशहर बजार परिक्रमा गर्ने गरिएको छ।  

लाखे नाचलाई नेवार समुदायको पुरानो संस्कृतिको रुपमा लिने गरिन्छ। परम्परा देखि लगाउदै आएको पुरानो खम्पर मुखौटो लगाएर, कपाल फिजाँरी, मान्छेलाई भूत जस्तो स्वरुप बनाई ठूलो मृदंगा,मादल, झ्याली र ढलकीको तालमा लाखे नचाउँदै बजार परिक्रमा गर्ने प्रचलन छ। लाखे नाच हेर्न बजारमा ठूलो भीड लाग्ने गर्दछ।

नेवार संस्कृतिमध्ये लाखे नाँच अन्तर्गत हरेक वर्षको नाग पञ्चमीका दिन देखि सुरु गरेर तिज पर्वसम्म विभिन्न नाँच तथा जात्राहरु देखाउने प्रचलन छ। एक महिनाको अवधीमा लाखे नाच, घोडा नाच,गाईजात्रा,श्रीकृष्ण रथयात्रा,रोपाई जात्रा जस्ता जात्राहरु विभिन्न पर्वको अवसर पारी देखाउने प्रचलन रहेको अध्यक्ष श्रेष्ठले बताए।

Skip This
Skip This
Logo