आज २०८० भदौ १७ गते आइतबार। ३ सेप्टेमबर २०२३।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। लेनदेनमा सजगता अपनाउनु पर्नेछ। दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। शुभ समाचार सुन्न पाइएला। दाम्पत्य जीवन सुखमय रहनेछ। मान प्रतिष्ठामा वृद्धि पनि होला।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। घरमा अतिथिको सेवा होला। प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
कार्यमा सफलता पाइनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ, अत: संयम रहनु होला।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ। आँटेको र ताकेको कार्य पुरा होला।वित्तिय संस्थाबाट सहयोग पाइनेछ। मिष्ठान्न भोजन पनि प्राप्ति होला।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज अधुरो वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। विश्वास गरेकाले साथ र लाभ दिनेछन्।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
श्रमको उचित मूल्याङ्कन हुनेछ।पठनपाठनमा प्रगति हुनेछ।मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
यात्रामा बिघ्नबाधा आइलाग्नसक्छ। खानामा गडबडी पनि हुन सक्नेछ अत: आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु अत्यन्त आवश्यक रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
दाम र प्रतिष्ठा कमाउने बेला छ। परिवारमा सुख सन्तोष छाउनेछ। चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ। शुभ कार्यमा मन पनि जानेछ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज नयाँ सवारी साधन प्राप्तिको योग छ। आँटेको र ताकेको कार्य पुरा होला। प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आजबाट नयाँ कार्यको थालनी होला। साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला। धार्मिक तथा समाजसेवामा पनि मन लाग्नेछ।





























प्रतिक्रिया