ललितपुर महानगरपालिका वडा नं. ३ स्थित होटल स्वेयरको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा करेन्ट लागेर एक पुरुष गम्भीर घाइते भएका छन् ।
गत शुक्रबार अपरान्ह करेन्ट लागेर ४१ वर्षीय सजिलमान शाक्य गम्भीर घाइते भएका हुन् । घाइतेको यतिबेला ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । घटना घटेको तीन दिन बित्दापनि घाइते घाइतेको स्वास्थ्यमा सुधार देखिएको छैन ।
पारिवारिक स्रोतका अनुसार घाइते शाक्यको स्वास्थ्य अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार हुँदैछ । साथै होटलले लापरवाही गर्दा विद्युतीय चुहावट हुन गई घटना घटेकाले यथाशिघ्र कारबाही गर्नुपर्ने माग पीडित परिवारले राखेको छ ।
































प्रतिक्रिया