आज २०८० भदौ २५ गते साेमबार। ११ सेप्टेमबर २०२३।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ। घरायसी विवाद बढ्न सक्छ,अतः वाणीमा लगाम लगाउन आवश्यक हुन्छ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज भाग्यले विभिन्न अवसरहरू जुराउनेछ।आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर स्वास्थ्यको विशेष ख्याल गर्नु पर्नेछ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज घर परिवारमा झैझमेलाको अवस्था आउला।आर्थिक पक्ष पनि कमजोर रहनेछ। स्वास्थ्यप्रति बढी सजग हुन आवश्यक छ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। राज्यबाट सहयोग र मानसम्मान मिल्नेछ। छोटो दुरीको लाभदायक यात्रा पनि हुनेछ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज शुभकार्यको चर्चा चल्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्ला। आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ। प्रेमीको साथ पाइनेछ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज सजिलै अरुको विश्वास जित्न सकिनेछ। विद्या र बुद्धिको विकास हुनेछ। आकस्मिक लाभ र शुभ समाचार पनि सुन्न पाइनेछ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ। धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज मनमा शान्ति छाउनेछ। आँटेको र ताकेको कार्य पुरा हुनेछ। धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
कार्यको चर्चा चल्नेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। अनुहारमा कान्ति छाउनेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। पारिवारिक साथ र समर्थन मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।































प्रतिक्रिया