नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ

नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ

केन्द्रबिन्दु
0
Shares

बाँकेको नेपालगञ्ज विमानस्थलबाट २६ लाख रुपैयाँ नगदसहित सरकारी कर्मचारी पक्राउ परेका छन्।

आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई २६ लाख रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा यो रकम भेटिएको हो । सापकोटालाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीले अख्तियारको जिम्मा लगाउने भएको छ ।

Logo