बारामा भारतीय युवकको गोली हानी हत्या

बारामा भारतीय युवकको गोली हानी हत्या

केन्द्रबिन्दु
0
Shares

बाराको पचरौता नगरपालिका-६ लक्ष्मिनियामा एक भारतीय युवकको गोली हानी हत्या भएको छ। मंगलबार साँझ करिब ६ बजे २२ वर्षीय अजित कुमार सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो।

सिंह भारतको मोतहारी जिल्लाको सुक्लहिया गाउँ निवासी भएको खुलेको छ। प्रहरीका अनुसार सिंहसँगै सोही ठाउँ बस्ने २५ वर्षीय सुजित कुमार सिंह, २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहानी र २० वर्षीय कामेश्वर सहानी दुईवटा अन टेस्ट मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए।

लक्ष्मिनियामा रहेको पोखरी नजिक पुगेपछि एउटै बाइक पछाडि बसेका सुजित कुमार सिंहले मृतक अजित कुमार सिंहलाई पछाडिबाट गोली प्रहार गरेका थिए। त्यसपछि अरू मोटरसाइकलमा भारततर्फ भागेका थिए। घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

Logo