इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पूजा गरियो

इन्द्र जात्राको अघिल्लो दिन आज कुमारीको पूजा गरियो

केन्द्रबिन्दु
0
Shares

इन्द्रजात्राको अघिल्लो दिन आज बसन्तपुरमा कुमारीहरूको पूजा गरिएको छ । 

नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ । तर यो पूजा रोयल कुमारीको भने नभएको र ५०५ कन्याकुमारी पूजा भएको राजन महर्जनले जानकारी दिए । उनले भने, ‘दशैको महानवमीमा हो त्यो कुमारी बनाउने र यो फरक कुरा हो । यो पूजा बेग्लै तरिकाले गरिन्छ । बच्चाको रोगहरू नष्ट गर्ने विश्वासले यो पूजा गरिन्छ ।’ 

उनले आजै पूजा गर्नुपर्ने मुख्य कारण गणेश भैरव कुमारीको पूजा गर्ने प्रचलन रहेकाले सोहीअनुसार  बच्चाहरूले शक्ति प्राप्त होस् भनेर ५०५ कन्या कुमारी पूजा गरिरहेको बताए । 

उनले भने, ‘इन्द्र जात्राको अवसरमा सुरुवात भएको दास्रो दिनमा यो कुमारी पूजा गरिन्छ । विगत २२ वर्ष देखि हामीले सूर्यकुमारी पूजा गर्दै आएको छौं । आज गर्नुपर्ने मुख्य कारण गणेश भैरव कुमारीको पूजा गर्ने प्रचलन छ । सोही अनुसार राज्यको तर्फबाट गणेश भैरव कुमारीलाई पूजा गरेर शक्ति प्रदान गर्छन् । त्यही फल स्वरुप अहिलेका बालिककाहरूले शक्ति प्राप्त होस् भनेर ५०५ कन्या कुमारी पूजा गरिरहेका छौं ।’ 

भोलिदेखि सुरु हुने इन्द्र जात्राका लागि आज बिहान लिङ्गो उठाइएको थियो । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्र ध्वजोत्थान बुधबार बिहान गरिएको हाे ।

Logo