कपिलवस्तु ।
आज एकै दिन देशका विभिन्न जिल्लामा चट्याङ लागेर ८ जनाको मृत्यु भएको छ । पछिल्लो पटक कपिलवस्तुमा चट्याङ लागेर शिवराज नगरपालिका–११ थुनिहाका ४५ वर्षीय सत्यनारायण कुर्मीको आज अपराह्न मृत्यु भएको हो।
खेत रोपाइँ गर्न गएका उनलाई चट्याङले लागेर छाती र शरीरको दायाँपट्टिको भाग जलेकाले उपचारका लागि चन्द्रौटामा ल्याउँदै गर्दा बाटैमा ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए।
यसैगरि सप्तरीमा आज बिहान छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । चट्याङ लागेर जिल्लाको महदेवा गाउँपालिकामा दुई जना, राजगढ गाउँपालिकामा एक जना र डाक्नेश्वरी नगरपालिकामा एक जनाको मृत्यु भएको हो ।
यता मकवानपुरमा पनि चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । यहाँ एक जना घाइते भएका छन् । जिल्लाको बकैया गाउँपालिका २ स्थित कालापानीकी १७ वर्षीया र २५ वर्षिय महिलाको चट्याङ लागेर मृत्यु भएको हो ।
यस्तै आजै उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । यहाँ पनि एक जना घाइते छन् । जिल्लाको त्रियुगा नगरपालिकामा ४५ पुरुषको मृत्यु भएको हो ।





























प्रतिक्रिया