तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
0
Shares

२०८० कर्तिक १२ देखि कार्तिक १८ गतेसम्मको राशिफल । 

ज्योतिष शास्त्रकाअनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थितिअनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौँ।  

साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुनसक्छ, तपाईंको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ। तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्। हामीले प्रदान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्ने छ, सबैलाइ सबै राशिका कुरा नमिल्न सक्छ, यो भविष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। हामीले दिएको उपाय गर्नु भयाे भने यो साता तपाईंको लागि एकदम राम्रो बित्ने छ। 

हेर्नुहोस्, ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको  राशिफल-

मेष राशि 

मेष राशि हुनेहरुका लागि यो साता राम्रो रहनेछ। यो साता तपाईंको दिमागमा सकारात्मक विचारहरु आउनेछन्,अरुलाइ सहयोग गर्नुहुनेछ। यो साता ठूला कामको योजना बनाउन सक्नुहुन्छ,जसमा सफलता मिल्नेछ।  यो साता कार्यक्षेत्रमा वृद्धि र आम्दानिका हिसाबले लाभ मिल्नेछ। तपाईंले आफ्नो रोकिएको पैसा फिर्ता पाउनुहुनेछ, जसको कारण तपाईं लाभदायक हुनुहुनेछ।

यो साता घरपरिवारमा शुभ कार्यको सम्भावना देखिन्छ, घरमा कसैले पूजा वा धार्मिक यात्राको योजना बनाउन सक्छन्।  घरपरिवारमा चलिरहेको विवाद यो साता समाप्त हुने देखिन्छ।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाको नियमित जप गरेर गरिबहरूलाई लुगा तथा भोजन दान गर्दा राम्रो हुनेछ। 

वृष राशि 

वृष राशि हुनेहरुका लागि यो साता राम्रो रहनेछ। यो साता बाहिर घुम्न जाने प्लान बन्नेछ। तपाईंको जीवनमा चलिरहेको उथलपुथल यो साता कम हुँदै जाने देखिन्छ।  परिवारमा रमाइलो वातावरण हुनेछ।  व्यापारिक क्षेत्रमा आर्थिक लाभ हुनेछ। 

राजनैतिक तथा सामाजिक क्षेत्रमा राम्रो हुनेछ। आफ्नो खानपानमा केही नियन्त्रण राख्नुहोला, अन्यथा हप्ताको दोस्रो भागमा तपाईंको स्वास्थ्य बिग्रन सक्छ। यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि दुर्गा चालिसाको नियमित जप गर्दा फाइदा हुनेछ।

मिथुन राशि
 
मिथुन राशि हुनेहरुका लागि यो साता आर्थिक स्थिति पहिलाको भन्दा राम्रो हुनेछ।  पारिवारिक तथा सामाजिक समस्याको सामना गर्नुपर्ने हुन सक्छ, जसका कारण मानसिक तनावको स्थिति रहनेछ। राम्रो यात्राको योग छ। यो साता पुरानो विवादले ठूलो समस्या निम्त्याउने छ। परिवारमा छोराछोरी र श्रीमतीसँग समय बिताउने समय छ। 

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि पिपलको बोटमुनी साँझ दियो बाल्दा राम्रो हुनेछ।

कर्कट राशि

कर्कट राशि हुनेहरुका लागि यो साता धेरै सोच विचार गरेर काम गर्नुपर्ने छ। तपाईंलाई यो हप्ता ठूलो नोक्सान हुनसक्छ। परिवारमा विवाद उत्पन्न हुनसक्छ। छोराछोरी र श्रीमतीको लागि समय निकाल्नुहोला। यो साता पारिवारिक विवाद हुन सक्छ। 

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि प्रत्येक दिन ॐ नम शिवाय मन्त्र जप गर्नुहोला। 

सिंह राशि 

सिंह राशि हुनेहरुका लागि यो साता ठुलो सफलता हात लाग्नेछ,अनावश्यक खर्च हुने छ। केही पुराना रोकिएका कामहरू पूरा हुनाले तपाईंलाई फाइदा हुनेछ। साथै यो साता राजनैतिक तथा सामाजिक क्षेत्रमा ठूलो पद प्राप्त हुन सक्नेछ।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ घृणी सूर्याय नमको ५१ चोटी हरेक बिहान जप गर्दा राम्रो हुनेछ।

कन्या राशि

कन्या राशि हुनेहरुका लागि यो साता राम्रो रहनेछ, यो साता लिएको निर्णयले तपाईंलाई ठूलो फाइदा दिनेछ। सामाजिक तथा पारिवारिक क्षेत्रमा मान प्रतिष्ठा बढ्न सक्छ।  यो साता तपाईंले परिवारको विषयमा राम्रो निर्णय लिनुहुनेछ।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाको पाठ गर्नुहोला।

तुला राशि 

तुला राशि हुनेहरुका लागि यो साता फिटनेशमा बढी ध्यान जाने छ । नयाँ समस्याको सामना गर्नुपर्ने देखिन्छ।  पारिवारिक र आर्थिक मामिलामा केही नयाँ समस्याहरू आउनेछन्, जसका कारण तपाईंले आफ्नो स्वभावमा धेरै परिवर्तन देख्नुहुनेछ। मानसिक रूपमा अशान्त र चिडचिडापन हुन सक्छ। 

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नमो भगवते बासुदेवाय नम नियमित जप गर्दा फाइदा हुनेछ।

वृश्चिक राशि   

वृश्चिक राशि हुनेहरुका लागि यो साता आफ्नो जीवनमा केही उतारचढावहरूको सामना गर्नुपर्ने हुन सक्छ। यो साता तपाईं आफ्नी पत्नीको व्यवहारको कारण दुखी हुन सक्नुहुन्छ, जसका कारण तपाईले ठूलो निर्णय लिन सक्नुहुनेछ।

यो पारिवारिक दृष्टिकोणबाट तपाईंको लागि महत्त्वपूर्ण निर्णय हुन सक्छ। यो साता तपाईंका विपक्षीहरुले तपाईलाई केही षड्यन्त्रको सिकार बनाउन सक्छन्, सावधान रहनुहोला। 

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि नदिमा स्नान तथा दान गरेर भगवान विष्णुको मन्त्र जप गर्दा राम्रो हुने छ।

धनु राशि

धनु राशि हुनेहरुका लागि यो साता राम्रो रहनेछ । पुरानो चलिरहेको समस्याबाट राहत मिल्नेछ। घरमा शुभ कार्य हुनेछ। साथै साताको उत्तरार्धमा परिवारका साथ धार्मिक यात्रा आदिमा जाने सम्भावना छ, जसका कारण  परिवारमा मनमुटाव हट्नेछ।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नम शिवाय  मन्त्रको नियमित जप गरेर सोमबार भगवान शिवलाई जल चढाउँदा राम्रो हुनेछ ।

मकर राशि

मकर राशि हुनेहरुका लागि यो साता सुखमय रहनेछ। तपाईंलाई केहि राम्रो समाचार प्राप्त होला।  परिवारमा नयाँ सदस्यको आगमन हुनेछ। घरपरिवारमा माहोल राम्रो रहनेछ।  यो साता श्रीमती र सन्तानसँग खुसीसाथ बस्ने समय रहेको छ। साथै, विशेष व्यक्तिको सहयोगले नयाँ आर्थिक मार्ग बन्न सक्छ। 

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाको नियमित एक पाठ गरेर गरिबहरूलाइ भोजन गराउँदा राम्रो हुने छ।

कुम्भ राशि

कुम्भ राशि हुनेहरुका लागि यो साता सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला, अन्यथा ठूलो दुर्घटनाको शिकार बन्न सक्नुहुनेछ। पुरानो सम्पत्तिको सम्बन्धमा परिवारमा ठूलो विवाद हुन सक्छ, जसका कारण अदालत जानुपर्ने देखिन्छ।  यो हप्ता आफ्नो बोलीलाई नियन्त्रण राखेर र वहस नगर्दा राम्रो हुनेछ।

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नम शिवायको प्रत्येक दिन जप गर्दा फाइदा हुनेछ।

मिन राशि 

मिन राशि हुनेहरुका लागि यो साता केही उतारचढाव रहनेछ । मानसिक दवाब महसुस गर्नुहुनेछ, जसका कारण तपाईंको काम र स्वभावमा परिवर्तन देखिनेछ। परिवारमा छोराछोरी र श्रीमतीको आमाबुवा वा दाजुभाईसँग झगडा हुन सक्छ। 

यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ॐ नम शिवायको प्रत्येक दिन जप गरेर भगवान शिवलाई जल चढाउँदा फाइदा हुनेछ।

Logo