आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० कात्तिक १३ गते साेमबार। ३० अक्टोबर २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
शुभ समाचार सुन्न पाइनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। पारिवारिक सद्भाव बढ्नेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज सामान हराउने वा चोरी हुने सम्भावना पनि छ। कुनै चिन्ता पर्ने समाचार सुन्नु पर्नेछ। बोलीको विपरीत अर्थ लाग्न सक्नेछ संयम रहनु होला।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ। पारिवारिक सहयोग मिल्नेछ। कुनै कुराले मनमा शान्ति पनि छाउनेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। सेयरबजारबाट पनि राम्रै लाभ मिल्नेछ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज नयाँ कार्यको थालनी हुनसक्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू पनि सम्पन्न हुनेछन्।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न नसकिएला। खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ। नयाँ ठाउँमा लगानी गर्नु उपलब्धीमूलक हुँदैन।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज रमणीय र सुखद् यात्राको योग छ। मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। तीर्थाटनको योग पनि रहेको छ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
दैनिक कार्यहरूमा प्रगति हुँदै जानेछ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ। रमणीय र सुखद् यात्राको योग पनि छ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ। आकस्मिक धन लाभ हुनसक्छ। आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज मानसिक चञ्चलता बढ्ने र कार्यक्रममा विघ्नबाधा आउनसक्छ। हरेक कार्यमा सतर्कता अपनाई सम्पन्न गर्नतिर लाग्नु उचित हुनेछ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
अतिथिका रूपमा सम्मान पाइनेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। स्वादिष्ट भोजन पनि पाइनेछ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आज शुभकार्यको चर्चा चल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ।

Logo