बाराको कैलयामा गोली प्रहारबाट घाइते भएका प्रिन्सिपलको मृत्यु भएको छ ।
मोटरसाइकलमा आएको अज्ञात समूहले बाराको कलैयास्थित एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको गोली हानेर सोमबार दिउँसो हत्या गरेका हुन्। गोली लागेलगत्तै उपचारका लागि कलैया अस्पताल लगिएको थियो । तर, उपचार सम्भव नभएपछि बयोधा अस्पताल पुर्याइएको उनको उपचारको क्रममा मृत्यु भएको हो । उनको घाँटी र टाउकोमा गोली लागेको थियो ।
गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएकाे छ।





























प्रतिक्रिया