आज २०८० कात्तिक १४ गते मंगलबार। ३१ अक्टोबर २०२३।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
रमणीय र सुखद् यात्राको योग छ। राज्यबाट मान सम्मान पाइनेछ। दाम्पत्य जीवनमा मधुरता छाउनेछ। ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछ।
वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ। राजनैतिक चिन्तन बढ्नेछ। सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन्।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज समय मध्यम खालको छ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। जोशजाँगरमा पनि कमी आउन सक्छ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ। व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ। अध्ययन अध्यापन पनि सफल रहेको छ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
नाम, दाम र प्रतिष्ठा प्राप्त हुनसक्छ। परोपकारका क्षेत्रमा लगानीको समय छ। मान्यजनको सहयोग प्राप्त हुनेछ। स्वादिष्ट भोजन पनि पाइनेछ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज कार्य सम्पादनमा सहजता मिल्नेछ। रोकिएका काम सम्पादन हुने योग छ। साथीभाइहरूसँग भेटघाट हुनेछ। आत्मविश्वास पनि जाग्नेछ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। यात्रामा सावधानी अपनाउनुपर्नेछ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
आज धार्मिक कार्य सफल रहनेछन्।आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला।विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ।
धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ,त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज कसैले झुटो आश्वासन दिन सक्छन्। सहयोगी र नातागोताको साथ पनि नमिल्ला, तर साँझमा भने केही शुभ समाचार सुन्नमा आउला।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
अधुरो काम र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। विश्वास गरेकाले साथ र लाभ दिनेछन्।





























प्रतिक्रिया