झापामा एम्बुलेन्सकाे ठक्करबाट एक वृद्धाको मृत्यु

झापामा एम्बुलेन्सकाे ठक्करबाट एक वृद्धाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

झापाको बिर्तामोड नगरपालिका–१ अदुवापुलस्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्सको ठक्करबाट वृद्धाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च ४६२३ नम्बरको सिद्ददेवी कृषि सहकारी संस्था इलामको एम्बुलेन्सले सोमबार साँझ बिर्तामोड ४ की ६९ वर्षीया सीता साह कलवारलाई ठक्कर दिएको हाे।

ठक्करले सिकिस्त घाइते भएकी उनको उपचारका क्रममा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। एम्बुलेन्स र चालक इलामको माईजोगमाई नगरपालिका–३ का ३६ वर्षीय सुजन प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Skip This
Skip This
Logo