प्रहरीले सिरहा र कपिलवस्तुबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ।
सिरहाको लहान नगरपालिका-१२ भोटिया चोकबाट अवैध लागूऔषध ब्राउन सुगर २ ग्राम ४५ मिलिग्राम र डिजिटल तराजुसहित लहान नगरपालिका-१३ बस्ने ३३ वर्षीयदेबकान्त चौधरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे।
ईलाका प्रहरी कार्यालयलहान र ईलाका प्रहरी कार्यालय महेश बारीबाट खटिएको संयुक्त प्रहरी टोलीले स.९प ८२७४ नम्बरको मोटरसाइकलमा सवार चालक चौधरीलाई पक्राउ गरेको हो।
यस्तै कपिलवस्तु, बाणगंगा नगरपालिका-७ बनगाई बस्ने २४ वर्षीय अंकित थारूलाई पनि अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ३० मिलिग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले थारुको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ। दुवै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।





























प्रतिक्रिया