बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलको बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ ।
बुधबार बारा प्रहरीले पत्रकार सम्मेलन गर्दै प्रिन्सिपल सर्राफको हत्यामा संलग्न ५ जनालाई सार्वजनिक गरेको हो । प्रहरीले हत्यामा प्रत्यक्ष संलग्नता ८ जनाको भएपनि पाँच जना मानिस अनुसन्धानको दायरामा आएको र थप मानिसहरुसँग पनि सोधपुछको कार्य भइरहेको जनाएको छ ।
मृतक रुपेशको प्रेमिका भनिएकी २२ वर्षीया राधा गुप्तासहित स्थानीय ३४ वर्षीय जामिल अख्तर, कलैया–९ का रियाज अन्सारी, भारतीय नागरिक चन्दन कुमार र अभिनव कुमार राजपुतलाई प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीका अनुसार राधा मुख्य योजनाकार हुन् भने भारतीय नागरिक चन्दन र अविनव सुटर समूहको सदस्य हुन् । अन्य सुटरहर फरार छन् ।
सोमबार दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले ३९ वर्षीय प्रिन्सिपल स्वर्णकारमाथि गोली प्रहार गरेका थिए। प्रिन्सिपल स्वर्णकार दिनहुँजसो खाजा लिन स्कुल नजिकैको बजार जाने गर्थे। चाउमिन लिएर स्कुल फर्किँदै गरेका बेला स्वर्णकारमाथि उनीहरूले गोली चलाएका थिए। गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको वीरगंजस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। उनको हत्याको कारण विवाहोत्तर सम्बन्ध भनिएको छ।































प्रतिक्रिया