आफ्नो पक्षमा फैसला भएपछि सर्वोच्चमै भावविह्वल बनिन् भारती

आफ्नो पक्षमा फैसला भएपछि सर्वोच्चमै भावविह्वल बनिन् भारती

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय ताेकिए पनि सरकारबाट आममाफी पाएका योगराज ढकाल (रिगल)लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ। 

बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश जारी गरेको हो । त्यसपछि आफ्ना पतिकाे हत्याराको कैद सजाय मिनाहा बदर भएपछि न्यायकाे आभाष गरेकी प‍त्नी भारती सर्वोच्चमा भावविह्वल भएकी थिइन् । उनले अदालतकाे भुइँमा ढोग्दै आफूले न्याय पाएको सन्देश दिइन् । 

Logo