आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

केन्द्रबिन्दु
0
Shares

आज २०८० कात्तिक १७ गते शुक्रबार। ३ नोभेम्बर २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो र रोमाञ्चक यात्रा पनि होला।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज आफन्तसँग भेटघाट हुने र सहयोग पाइनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
स्वास्थ्यले साथ नदिन पनि सक्छ । खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज नयाँ काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज आस्था बढेर जाने समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । कुनै समाचारले मनमा शान्ति छाउनेछ । शत्रु पनि क्षय हुन सक्छन्।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर खानपिनमा भने ध्यान दिनुहोला ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज इष्टमित्रसँग भेटघाट हुनेछ । काम विशेषले टाढिएका परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति भने सचेत रहनु पर्नेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
मनमा निरासता आउन सकिनेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। काममा बाधा आउनसक्छन्, तर साँझमा मन प्रसन्न रहनेछ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धर्मकर्म तथा समाजसेवामा मन पनि लाग्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । लाभदायक यात्रा हुनेछ र नयाँ कार्यको योजना बन्नेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
आज अवसर आउनाले मन प्रसन्न रहने र सफल यात्रा हुनेछ । सामाजिक काममा सफलता प्राप्त हुनेछ, तर चोटपटकको भय छ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आज सानातिना समस्यामा अल्झनुपर्नेछ । वैदेशिक कार्यमा बाधा आउनेछ । प्रेममा मनमुटाव पनि आउन सक्छ, तर धन हात पर्न सक्छ ।

Skip This
Skip This
Logo