मुगुकाे छायाँनाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामूहिक बिभत्स हत्या गरिएका चारै जनाको शुक्रबार दाहसंस्कार गरिएको छ ।
घटना भएको ८ दिन र शवको पोष्टमाटम भएको ४ दिनपछि हत्या गरिएका आमा र ३ छोरा, छोरीको दाहसंस्कार गरिएको हो । घटना कसरी घट्यो ? के कारण घट्यो ? र हत्यारा को हो ? भनेर प्रहरीले पत्ता नलगाएको भन्दै मृतकका श्रीमान दिपक बोहोरा र आफन्तले शव बुझ्न मानेका थिएनन् ।
घटना गत ८ गते वुधबारको भएपनि प्रहरीले त्यसको दुई दिनपछि १० गते शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचनापश्चात् जानकारि पाएको थियो । जानकारी पश्चात् घटनास्थल पुगेको प्रहरीले २८ वर्षीय आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र ८ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो ।
वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा पुर्याइएको थियो ।
घटनाकाे जानकारी आएलगतै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ । सो घटना मृत्यु नभई सामूहिक हत्या भएको आशङ्का गरी प्रहरीले शनिवार ११ गते देखि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष अनुसन्धान ब्यूरो टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुरसहित खोज अनुसन्धान टोलि खटिइ अनुशन्धान तीव्र बनाउँदै आएको छ ।
जुम्लाबाट पनि हत्या घटनाको अनुसन्धान कार्यलाई सघाउन प्रहरीको विशेष अनुसन्धान टोली मुगु पुगेको छ ।





























प्रतिक्रिया