पश्चिम नेपालमा शुक्रबार राति गएको भूकम्पमा परी हालसम्म १३३ जनाको मृत्यु भएको छ।शनिबार बिहान १०ः३० बजेसम्मको तथ्यांकअनुसार जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३८ गरी १३३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। जाजरकोटमा भूकम्पका कारण ५५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा अहिलेसम्म ८५ जना घाइते रहेको जनाइएको छ।































प्रतिक्रिया